२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरण: दीपेश पुनकी श्रीमतीविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा विद्यार्थी नेता दीपेश पुनकी श्रीमतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतले पुनकी श्रीमती सविना आले मगरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्रोतले बतायो । सविना स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन् ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ ।

दीपेश माओवादी (केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन् । उनी बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।