१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा आज कुन–कुन टिम भिड्दैछन् ?



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज आइतबार पनि दुई खेल हुँदैछन् ।

पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघिका तिनै खेल जितेको जनकपुर र तिन वटै खेलमा हार ब्यहोरेको लुम्बिनीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ भने जनकपुर जितको सिलसिला अघि बढाउने लक्ष्यमा छ ।

यस्तै आज दिउँसो सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल १ बजे सुरु हुनेछ । सुदूरपश्चिम लगातार तिन जित निकाल्दै अंकतालिकाको शीर्षस्थानमा छ भने चितवनले २ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै तेस्रो स्थानमा छ ।