५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग घरमै हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड घरेलु मैदानमै नटिङहम फरेस्टसँग २–३ गोलले स्तब्ध बनेको हो ।

वल्ड्र ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा नै निकोला मिलेन्कोभिचले गोल गर्दै नटिङहमलाई सुरुवाती अग्रता दिलाएका थिए , १८ औं मिनेटमा रासमस होलण्डले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

४७ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले तथा ५४ औं मिनेटमा क्रिस वुडले गोल गर्दा नटिङहम ३–१ गोलले अघि बढ्यो ।

६१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–३ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गोल हुन सकेन र युनाइटेड पराजित हुन पुग्यो ।

यो नतिजापछि नटिङहम १५ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने युनाइटेड १९ अंकका साथ १३ औं स्थानमा छ ।