१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहमसँग घरमै हार्यो म्यान्चेस्टर युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड घरेलु मैदानमै नटिङहम फरेस्टसँग २–३ गोलले स्तब्ध बनेको हो ।

वल्ड्र ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा नै निकोला मिलेन्कोभिचले गोल गर्दै नटिङहमलाई सुरुवाती अग्रता दिलाएका थिए , १८ औं मिनेटमा रासमस होलण्डले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

४७ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले तथा ५४ औं मिनेटमा क्रिस वुडले गोल गर्दा नटिङहम ३–१ गोलले अघि बढ्यो ।

६१ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–३ को अवस्थामा ल्याए । तर, त्यसपछि थप गोल हुन सकेन र युनाइटेड पराजित हुन पुग्यो ।

यो नतिजापछि नटिङहम १५ खेलबाट २५ अंकका साथ पाँचौं स्थानमा छ भने युनाइटेड १९ अंकका साथ १३ औं स्थानमा छ ।