१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार १५०३ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । 

आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ८ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार १ सय ११, बागमती प्रदेशमा ३० हजार ४ सय २९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ९० जना डिस्चार्ज भएका छन । 

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ९ सय ७९, कर्णाली प्रदेशमा ३ हजार ४ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ३९ गरी देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्र्चाज भएका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । 

यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।