१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस संक्रमणबाट थप १८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ९६, प्रदेश नम्बर २ मा ७ सय ७६, बागमती प्रदेशमा ९ हजार ९ स ५० र गण्डकी प्रदेशमा ५ सय ६७ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ६०, कर्णाली प्रदेशमा ५ सय ४८ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ गरी देशभरी १५ हजार ४८ जना संस्था आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ।