५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्य रक्षा गर्नसक्छौं भन्ने थियो–कप्तान रोहित



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौं भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए ।

लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे । आफू टिमबीच राम्रो साझेदारी भएपनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले उल्लेख गरे ।

आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएकाले उनी बताउँछन् । उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएको बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने बताए ।

भएको बलरबाट राम्रो नहुँदा भारतका तिब्र गतिका बलर जसप्रित बुमराह ल्याउनुपर्ने भन्दै मजाक पनि गरे ।

लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नहुनु कठिन रहेको उनको भनाइ छ । तर यो नतिजापछि दबाब महशुस नगरेको पनि उनी बताउँछन् ।

उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याक्दा सहज नभएकाले बताए । राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महशुस गरिरहेको उनको भनाइ छ ।