१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा अध्यक्षद्वयबाट कर्णालीका नेतालाई काठमाडौ बोलावट



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कर्णाली प्रदेश कमिटीका पदाधिकारी सहित मुख्यमन्त्री लाई काठमाडौ बोलाउनु भएको छ ।  कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढ्दै  मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध बहुमत सदस्यले हस्ताक्षर गरेपछि त्यसैका बारेमा छलफल गर्न दुई नेताले उनिहरुलाई काठमाडौ बोलाएका हुन् । मंगलबार दुई अध्यक्षबीच छलफल भएपछि नेकपा संसदीयदलका उपनेता शुवास नेवाङले कर्णालीका नेताहरुलाई फोन गरी बिवाद नबढाउन निर्देशन दिएपछि बिवाद तत्कालका लागि टरेको थियो ।

 कर्णाली प्रदेश कमिटीमा इन्चार्ज जनार्दन शर्मा, सहईन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाउन मंगलबार पत्र पठाईएको  सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । मुख्यमन्त्री शाही बिरुद्ध उभिएका माधब नेपाल समुहका नेताहरुले आफनो निर्णय फिर्ता लिएपछि तत्कालका लागि सहमति बनेको थियो । अब कर्णाली प्रदेश सरकार तत्कालप पूर्नगठन गर्ने र नेपाल समुहका तीन मन्त्री र प्रमुख सचेतकको जिम्मेबारी दिने सहमति भएको नेताहरुले जनाएका छन् ।