१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र लुम्बिनीको खेलमा बनेका ४ कीर्तिमान



अ+ अ-

काठमाडौँ । जारी नेपाल प्रीमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ ।

लुम्बिनी लायन्सलाई १० विकेटले हराएउँदै यसअघिका दुई खेल गुमाएको पोखराले पहिलो जित निकालेको हो ।

पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै बिनाविकेट गुमाई १७६ रन बनाएर पूरा गरेको थियो ।

यस खेलमा विभिन्न चार कीर्तिमानहरु बनेका छन् ।
एनपिएलमा पहिलो शतक
पोखराका ओपनर एन्ड्रिज गौसले शतक प्रहार गरे । यो एनपिएलको पहिलो शतक हो । उनले ५४ बलमा १२ चौका र ५ छक्काको मद्धतमा शतक पूरा गरे ।

१० विकेटको जित
पोखरा एनपीएलमा १० विकेटले विजयी हुने पहिलो टिम बनेको छ । यसअघि कुनै टोलीले यस्तो जित निकालेका छैनन् ।

छिटो अर्धशतक
शतक बनाएका गौस एनपीएलमा छिटो अर्धशतक पूरा गर्ने खेलाडी समेत बने । उनले २० बलमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए ।

उच्च साझेदारी
पोखराका ओपनरद्वय गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध एनपिएलकै उच्च साझेदारी गरे । उनीहरुले अविजित १७६ रनको साझेदारी गरे ।

यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श ठाकेरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए । गौस र खरेलले यसलाई पछि पारेका हुन् ।