१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगतको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितको लागि १६८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

सुदूरपश्चिमको लागि ब्रान्डम म्याकलमले अर्धशतकिय पारी खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए । यस्तै, दिपेन्द्र सिंह ऐरीले ४३, विनोद भण्डारीले ३५ र सेफ जेबले ११ रन बनाए ।

बलिङतर्फ काठमाडौं गुर्खाजका रशिद खानले २ विकेट लिग्दा शहब अलाम, करण केसि र गेराल्ड ईरासमसले एक एक विकेट लिए ।