८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश
अ+ अ-

भजनी । लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो । मालपोत कार्यालयमा सेवा पाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उहाँ निराश हुनुहुन्थ्यो । 

बिहान ४ बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयले दैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सक्नुभएन । तैपनि कुनै विकल्प भइहाल्ने कि ? भन्ने आशामा उहाँ दिनभर मालपोत कार्यालय परिसरमै रहुनभयो । तर, काम भएन । 

“मालपोतले कुपन वितरण गर्छ । तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्”, हीरासिंहले भन्नुभयो, “हामी सर्वसाधारणका लागि धेरै ठूलो सास्ती छ । न त कसैसँग पहुँच छ न त हाम्रो कुरा कसैले सुन्छ ।” उहाँले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोत कार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बतउनुभयो ।
    
त्यस्तै, भजनी नगरपालिका–६ बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेको बताउनुभयो । “मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको छ”, उहाँले भन्नुभयो, “नियम बदलिन्छ थाहै हुँदैन । आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी त सुरक्षित रहलान् । तर, सेवाग्राहीको जिम्मेवारी कसले लिने ?”
    
मालपोत कार्यालय टीकापुरले असोज १ गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको छ । मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाड हुन थालेपछि असोज ४ गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त नियम दुई दिन पनि टिक्न सकेन । त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू गर्यो । त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन । 

पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु ग¥यो । त्यसमा पनि अत्याधिक भीडभाड हुन थालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको छ । अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति ३ बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन् । 

मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान ३ बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण हजारौं सेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुने बताउनुभयो ।

“रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुपर्यो ? कुपन प्रणालीले झनै जोखिम निम्त्याएको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “यदि कुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम  हुनसक्छ ।”

मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तन गर्नुपरेको बताउनुभयो । उहाँले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्च जोखिममा रहेको बताउनुभयो । “हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं”, उहाँले भन्नुभयो, “अझै पनि सेवाग्राहीको भीडलाई नियन्त्रण गर्न सकेका छैनौँं । त्यसमा पनि प्रतिलिपि र निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं ।”

अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको छ । प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको छ ।