१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ८०, प्रदेश नम्बर २ मा ८ सय ३१, बागमती प्रदेशमा ९ हजार ५ सय ५६ र गण्डकी प्रदेशमा ६ सय ५५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा २ सय ४८ जना गरी देशभरी १४ हजार ८ सय १९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।

यस्तै होम आइसोलेसनमा , प्रदेश नम्बर १ मा २ हजार ७ सय ९५, प्रदेश नम्बर २ मा ५ सय ७२, बागमती प्रदेशमा १४ हजार १५ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार ९७, कर्णाली प्रदेशमा ५ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ६ सय २९ गरी देशभरी २१ हजार ५ सय ४८ जना रहेका छन ।