५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगरलाई १९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सले उच्च स्कोर खडा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १९१ रन बनायो । जुन, हालसम्मकै सर्वाधिक लक्ष्य हो । यसअघि सुदुरपश्चि रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८३ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टोम मुर्सले ३० रन जोड्दाआशुतोष घिरैयाले १५, अर्जुन साउदले १७, सन्दीप जोराले १२ तथा साद विन जाफरले १५ रन जोड्दा विवेक यादव १९ रनमा नट आउट रहे ।

विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरे।