१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा लुम्बिनी लायन्सले बनायो उच्च स्कोर, विराटनगरलाई १९२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सले उच्च स्कोर खडा गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १९१ रन बनायो । जुन, हालसम्मकै सर्वाधिक लक्ष्य हो । यसअघि सुदुरपश्चि रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८३ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टोम मुर्सले ३० रन जोड्दाआशुतोष घिरैयाले १५, अर्जुन साउदले १७, सन्दीप जोराले १२ तथा साद विन जाफरले १५ रन जोड्दा विवेक यादव १९ रनमा नट आउट रहे ।

विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरे।