८ श्रावण २०८३, शुक्रबार
,
Latest
गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर किङ्सको लज्जास्पद दोस्रो हार



अ+ अ-

काठमाडौं: राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्स सुदूरपश्चिम रोयल्सविरुद्ध नराम्रोसँग पराजित भएको छ ।

पहिलो जितको खोजीमा रहेको बिराटनगर टिमले ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोरी गरेसँगै लगातार दोस्रो हार व्यहोर्न पुगेको हो । सुदूरपश्चिम रोयल्सले बिराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए । तर उनले एक विकेट पनि लिन सकेनन् ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको पारि खेलेका थिए । यस्तै, ब्रान्डन म्याकमुलेनले ३६, बिनोद भण्डारीले २३, इसान पाण्डेले २१ रनको योगदान दिएका थिए ।

१८३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको ब्याटिङको कमजोरी यस खेलमा पनि दोहोरियो । भरपर्दा खेलाडी मार्टिन गप्टीले ० रनमै पवेलियन फर्केपछि त खेलमा बिराटनगर ओइलाएको थियो, र नियमित अन्तरालमा विकेट गुमायो ।

बिराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रनको योगदान गरेका थिए भने राजेश पुलामीले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुगेनजिन र अबिनाश बाहोराले तीन तीन विकेट लिए । र बिराटनगरको पूरै टिम १६.१ ओभरमा ९२ रन बनाउँदै धराशायी भयो ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो ।