५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर किङ्सको लज्जास्पद दोस्रो हार



अ+ अ-

काठमाडौं: राजधानीमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को खेलमा विराटनगर किङ्ग्स सुदूरपश्चिम रोयल्सविरुद्ध नराम्रोसँग पराजित भएको छ ।

पहिलो जितको खोजीमा रहेको बिराटनगर टिमले ब्याटिङ, बलिङ र फिल्डिङमा कमजोरी गरेसँगै लगातार दोस्रो हार व्यहोर्न पुगेको हो । सुदूरपश्चिम रोयल्सले बिराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका थिए । तर उनले एक विकेट पनि लिन सकेनन् ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेट गुमाएर १८२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको पारि खेलेका थिए । यस्तै, ब्रान्डन म्याकमुलेनले ३६, बिनोद भण्डारीले २३, इसान पाण्डेले २१ रनको योगदान दिएका थिए ।

१८३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको ब्याटिङको कमजोरी यस खेलमा पनि दोहोरियो । भरपर्दा खेलाडी मार्टिन गप्टीले ० रनमै पवेलियन फर्केपछि त खेलमा बिराटनगर ओइलाएको थियो, र नियमित अन्तरालमा विकेट गुमायो ।

बिराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रनको योगदान गरेका थिए भने राजेश पुलामीले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि स्कट कुगेनजिन र अबिनाश बाहोराले तीन तीन विकेट लिए । र बिराटनगरको पूरै टिम १६.१ ओभरमा ९२ रन बनाउँदै धराशायी भयो ।

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने आज पहिलो खेल हो ।