१४ श्रावण २०८३, बिहीबार
,
Latest
दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै नेदरल्यान्डससँग नेपाल पराजित यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव निर्वाचित



अ+ अ-

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् । यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोदकुमार यादवले ६१७ र जसपाका सन्देशप्रसाद यादवले २५८ मत प्राप्त गरे ।

२०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादवले जितेका थिए । त्यसबेला एकीकृत समाजवादीका बजरंगी तेस्रो भएका थिए ।