काठमाडौं । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा निर्वाचित भएकी छन् ।
बुढाले १ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिने ।
कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।
तेस्रो भएकी नेकपा एकीकृत समाजवादीकी जवा शाहीले पाँच सय ५३ मत प्राप्त गरेकी छन् ।
कुल सात हजार ४६० मतदाता रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार भएको उपनिर्वाचनमा तीन हजार ९०३ मत खसेको थियो ।
२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।










