२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकामा आजै रातिदेखि मतगणना सुरु गर्ने



अ+ अ-

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आजैबाट सुरु गर्ने तयारी गरिएको छ । अहिले कीर्तिपुरको २० स्थानमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

मतदान सकिएपछि सर्वपक्षीय छलफल गरी राति १० बजेपछि मतगणना सुरु गर्ने तयारी रहेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए ।

निर्वाचन अधिकृतको कार्यालयले नगरपालिकाको हलमा मतगणना गर्ने तयारी गरेको छ । कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेका छन् । यहाँ प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।