७ पुष २०८२, सोमबार
,
Latest
देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपः नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दियो



अ+ अ-

काठमाडौँ । युएईमा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो । नेपालका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए । यस्तै, अभिषेक तिवारी र उत्तम मगरले २९–२९ रन जोडे ।

बंगलादेशका अल फहाद, इकबाल हसन र रिजान होसनले २–२ विकेट लिए भने साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले १–१ विकेट लिए ।

यसअघिको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।