५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केभिनको ह्याट्रिकमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई हरायो, प्यालेससँग न्युक्यासलको बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ गोलले हराएको हो ।

ब्रेन्टफोर्डलाई जित दिलाउन केभिन स्चेडले ह्याट्रिक गरे भने योआन वीसाले एक गोल गरे । लेस्टरका फाकुन्डो बोउनानोटेले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा फाकुन्डोले गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा वीसाले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि २९, ४५+८ र ५९ औं मिनेटमा केभिनले ह्याट्रिक गर्दै ब्रेन्टफोर्डलाई ४–१ को जित दिलाए । जितसँगै १३ खेलबाट २० अंक जोडेको ब्रेन्टफोर्ड अंकतालिकाको सातौं स्थानमा छ । लेस्टर १० अंकसहित १६ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा न्युक्यासल युनाइटेड र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

न्युक्यासलले एक गोल पनि उपहारस्वरुप पाएको थियो । ५३ औं मिनेटमा प्यालेसका मार्क गुइहीले आत्मघाती गोल गरेका थिए । खेल सकिनै लाग्दा इन्जुरी समयमा डानियल मुनोजले गोल गर्दै प्यालेसको हार टारे ।

न्युक्यासल १३ खेलबाट १९ अंकसहित १० औं स्थानमा छ भने प्यालेस ९ अंकसहित १७ औं स्थानमा छ ।