५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहाममाथि सानदार जित निकाल्दै आर्सनल दोस्रो स्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ५–२ गोलले पराजित गरेको हो । योसँगै आर्सनल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लण्डन स्टेडियममा सबै सातै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

खेलको १० औं मिनेटमा नै आर्सनलले गाब्रियलको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले ३४ औं मिनेटमा मार्टिन ओडेगार्डले (पेनाल्टी), ३६ औं मिनेटमा काई हाभेट्र्जले र ४५+५ औं मिनेटमा बुकायो साकाले(पेनाल्टी) गोल गरे ।

यता, ३८ औं मिनेटमा आरोन बिसाकाले र ४० औं मिनेटमा इमर्सन पाल्मिएरीले गरेको गोल वेस्टहामका लागि सान्त्वना गोल भयो । आर्सनलको १३ खेलबाट २५ अंक छ । वेस्टहाम १५ अंकका साथ १४ औं स्थानमा छ ।