१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको जीवन रक्षाका लागि अथक प्रयास गरिरहेका छौं : राज्यमन्त्री मानन्धर



अ+ अ-

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारीबीच पनि अब सरकारले जनताको विकासको चाहनालाई तिब्रता दिने बताउनुभएको छ । सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधि मैत्री बनाउनका लागि आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफुहरुको विशेष ध्यान केन्द्रीत भएको बताउनुभयो ।

मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि सरकारले हर तरहको प्रयास गरिरहेको समेत बताउनुभएको छ । जनताको दुख पीडामा सरकार सधैं साथ रहेको बताउँदै मन्त्री मानन्धरले जनताको जीवनस्तर सुधारका लागि आफुहरु विभिन्न योजनासाथ काम गरिरहेको बताउनुभयो ।
 
काठमाडौंको सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोटमा घाइते भएकाहरुलाई भेट्न र क्षतिग्रस्त घरको अनुगमनमा पुग्नुभएका मन्त्री मानन्धरले जनताको दुखमा सरकारको साथ र सहयोग रहने बताउनुभयो । 

खाना पकाउने ग्यास लगायतका प्रज्वलनशिल पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढीरहेको बताउँदै मन्त्री मानन्धरले सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गर्नुभयो । 

सहरी क्षेत्रका घना वस्ती भएका क्षेत्रमा भान्सामा सावधानी अपनाउन नसकिए ठुलो दुर्घटना पनि निम्तनसक्ने तर्फ सबै सचेत हुनुपर्ने भन्दै मन्त्री मानन्धरले सावधानीका उपाय अवलम्वन गर्न पनि आग्रह गर्नुभयो । 

मन्त्री मानन्धरले हिजोको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै आवश्यक सहयोगका लागि आश्वासन समेत दिनुभएको छ ।

हिजो खाना पकाउने ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने घर तथा कम्पाउण्डमा पुर्ण क्षति भएको थियो ।