२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकताः मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

शुक्रवार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाहरु देशको भविष्य मात्र नभइ वर्तमानका लागि पनि महत्वपूर्ण रहेको बताउनु भयो । बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताउनु भयो । नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको बताउनु भयो । उहाँले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको बताउनु भयो ।

मन्त्री सुडीले भन्नुभयो, ‘नेपालको सशस्त्र द्वन्द्वको समयमा बालबालिकाको भुमिका निकै महत्वपूर्ण रह्यो । तथा नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको छ । हामीले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेका छौँ । बालअधिकारको जेनेभा घोषणापत्रको सय वर्ष पूरा भइसकेको अवसरमा बालअधिकारका क्षेत्रमा क्रियाशिल नागरिक संस्था र सञ्जालहरुको संयोजनमा नेपालको बालअधिकार अभियान उपलब्धि एवं कार्यहरुको समीक्षा र आगामी कार्यदिशा विषयमा अध्ययन प्रतिवेदन यहाँहरुसमक्ष पु¥याएकोमा धन्यवाद दिन चाहन्छु । सबै संघसंस्थाहरुलाई बालअधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा संलग्न हुन आह्वान गर्न चाहन्छु । प्यारा बालबालिकाहरु तपाईंहरु देशको भविष्य मात्र होइन वर्तमानका पनि महत्वपूर्ण अंग हो । तपाईंहरुको अवाजले नीति, योजना, निर्माणमा प्रभाव पार्छ । तपाईंहरुको संरक्षण, शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो । विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार हाम्रो पहिलो प्राथमिकता हो ।’

मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवद्र्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गर्नुभयो ।




भर्खरै