१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल उद्घाटन खेलको पासका लागि फोन वा म्यासेज नगर्न पारस खड्काको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

उद्घाटन खेलको टिकट बिक्रि यसअघि नै सोल्ड आउट भइसकेको छ । यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले उद्घाटन दिनको पासका लागि फोन तथा म्यासेज नगर्न आग्रह गरेका छन् ।

खड्काले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौं । बाँकी खेलहरूको लागि पनि अवसर हुनेछ । यहाँहरूको समर्थन निरन्तर रहोस्, र भविष्यमा पर्याप्त पूर्वाधारको साथ सबैलाई समेट्न सक्ने नेपाल क्रिकेट संघ बन्ने हाम्रो प्रयास जारी रहनेछ ।’ खड्काले भनेका छन् ।

साथै, सचिव खड्काले उद्घाटन खेलको टिकट र भिआईपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको हुँदा सबैलाई समन्वय गर्न अनुरोध गर्दै भोलिको खेलको लागि टिकट नभएकाहरूले टिभी वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नु पनि अनुरोध गरेका छन् । भोलिको उद्घाटन खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।