१२ असार २०८३, शुक्रबार
,
Latest
प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला



अ+ अ-

टीकापुर । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ ।

उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गर्नुभएको हो ।

झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको बताउनुभयो । झोलामा सुत्केरीका लागि गाउन, बच्चाका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ । अस्पतालले सुत्केरीहुनेलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ । अस्पतालले उपलब्ध गराउने झोला प्रयोग गरेका सुत्केरीले त्यसमा भएका सामग्रीले आफू र बच्चालाई दुई महिनासम्म सहज भएको बताउनुभयो । रासस