२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२५ को आईपीएलमा अटाएनन् बंगलादेशका खेलाडी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा बंगलादेशका कुनै पनि खेलाडी अटाउन सकेनन् । सन् २०२० पछि पहिलोपटक बंगलादेशका खेलाडीले आईपीएल खेल्न नपाउने भएका हुन् ।

२०२५ को आईपीएल लिलामीका लागि १ हजार ५७४ खेलाडीले रजिष्ट्रेशन गराएका थिए । तीमध्ये ५७४ खेलाडीलाई १० टोलीले सर्टलिस्ट गरेका थिए र ५७४ खेलाडीमा २०८ जना विदेशी थिए ।

सन् २०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए । तीमध्ये दुईजना रिसद हुसैन र मुस्ताफिजुर रहमान मात्र सर्टलिस्टमा परेका थिए तर उनीहरुलाई पनि कसैले आफ्नो रोजाइमा पारेनन् ।

आईपीएल २०२४ को संस्करणमा मुस्ताफिजुर रहमान मात्र बंगलादेशी खेलाडी थिए जसले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका थिए । आईपीएलका सात सिजन खेलिसकेका उनले छुट्टाछुट्टै पाँचवटा टोलीबाट खेलेका छन् । पछिल्लो आईपीएलमा उनी चेन्नई सुपर किंग्समा थिए र नौ खेलमा १४ विकेट लिएका थिए । उनको आधार मूल्य दुई करोड रुपैयाँ थियो तर कसैले बोली लगाएनन् ।

लिलामीको दोस्रो दिन मुस्ताफिजुर रहमानको नाम आउँदा कुनैपनि फ्रेन्चाइजीहरुले उसलाई किनेनन् । यस्तै, लामो समयसम्म आईपीएलको हिस्सा रहेका बंगलादेशका शाकिब अल हसन यो वर्ष सर्टलिस्टमा समेत परेनन् ।

बंगलादेशका कुनै पनि खेलाडीले आईपीएलमा स्थान बनाउन नसक्दा अफगानिस्तानका खेलाडीहरू लिलामीमा निकै लोकप्रिय बने । आईपीएलको १८ औँ सिजन बंगलादेशी खेलाडीबिना हुनेछ भने अफगानिस्तानका ७ खेलाडीले कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।