१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी

आम नागरिकले प्रहरी छ भन्ने महशुस गर्न पाएका छैनन्ः मन्त्री लेखी
अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभुति गर्न नसकेको बताउनुभएको छ ।

बिहीवार जनकपुरमा मधेस प्रदेशमा लैंगिक समानताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले यस्तो बताउनुभएको हो । उहाँले देशमा प्रहरी प्रशासन भएपनि प्रहरी प्रशासनको उपस्थिति रहेको महशुस आम नागरिकले गर्न नसकेको बताउनु भयो । उहाँले कार्यालय समयमा प्रहरीहरु निदाएर बसेको आफूले विभिन्न जिल्लाको अनुगमनका क्रममा भेट्टाएको बताउनु भयो । आफू सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन । हिजो नौ बजे म एउटा प्रहरी चौकीमा पुगेँ, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए । आधा दर्जन सुरक्षाकर्मीहरु । हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौँ, हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा । तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो । यस्तै हो भने सुरक्षा अधिकारका लागि हामी बजेट किन दिने ? म सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट छु । तर नेपाल प्रहरीको अवस्था देख्दा लाज लाग्यो । लैंगिक हिंसा अन्त्यका निम्ति पनि, दहेज प्रथा अन्त्य, बालविवाह अन्त्यका निम्ति पनि, समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्छ ।’

उहाँले लैंगिक हिंसाको अन्त्य गर्नका लागि सुरक्षा निकायको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । लैंगिक हिंसा अन्त्य, दाइजो प्रथा, बालविवाह अन्त्यका निम्ति र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।