काठमाडौँ । हमासले इजरायल र लेबनानमा हिजबुल्लाहबीच भएको युद्धविराम सम्झौतापछि गाजापट्टीमा हुने कुनैपनि युद्धविराम प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।
लेबनानमा भएको सम्झौताको प्रगतिलाई पछ्याउने हमासले बताएको छ । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलवार राति हिजबुल्लाहसँग बुधवार बिहानदेखि लागू हुने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।