१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा

युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताउनुभएको छ ।

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताउनु भयो ।

उहाँले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने बताउनु भयो । उहाँले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गर्नुभयो । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरुहरुले युवाहरुलाई उनीहरुको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरुलाई उत्पादकत्व क्षेत्रमा नविन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनाँै भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत हामीले हाम्रा युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण छ । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको छ । जलवायु परिवर्तनले पारेको प्रभाव लगायत विषयलाई पनि मध्यनजर गर्दै सम्मेलनले मावन हितका सम्बन्धमा मार्गनिर्देशन गर्ने अपेक्षा गर्दछु ।’

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।