१२ मंसिर २०८१, बुधबार
,
Latest
कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग बक्सिङ टोली थाइल्यान्ड जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती



अ+ अ-

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिलाहरुले अझै पनि राज्यका निकायहरुमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रुपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताउनुभएको हो ।

मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको उहाँको भनाइ छ । उहाँले आफू सभामुख रहँदा तत्कालिन मन्त्री र राजनीतिक दलहरुले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भएपनि आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेको बताउनु भयो । महिलाहरुमाथि मानसिक समस्याहरु सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाहरुका लागि राज्यका हरेक निकायहरुमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘आज पनि महिलाहरुलाई समाज र राज्यका प्रणालीहरुमा जिम्मेवारी दिइँदैन । दिएपनि ‘सह’ जिम्मेवारी दिइन्छ । कसैको सहयोगिको रुपमा जिम्मेवारी दिने गरिन्छ, मुख्य जिम्मेवारी होइन । मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र ? भनेर शंका र उपशंकाहरु गर्ने गरिन्छ । म सभामुख भए । सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो सभामुख चलाएँ । त्यतिबेला राष्टिय सभा र प्रतिनिधि सभा थिएनन् । त्यतिबेला व्यवस्थापिका संसद् थियो । मलाई त एकप्रकारको चुनौती थियो नै । तर तत्कालिन मन्त्री साथीहरुले यो संसद कस्तो होला ? कसरि अगाडि बढ्ला ? यस्तो पनि निर्णय गर्ने हो राजनीतिक दलहरुले प्रश्न उठाए । उहाँहरुले मेरो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाए । पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढे । अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ । अनि परीक्षा दिँदा म्याम आफैं लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोध्नुभयो । मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ । महिलामाथि यसरि हिंसा हुन्छ । त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरुका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाए ।’

छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरुको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उहाँले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरुको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरुको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले जतिपनि आजसम्म उपलब्धीहरु हाँसिल गरेका छौं । आज सबै दलहरु एकजुट भए अगाडि बढिरहेका छौं । ति उपलब्धीहरुलाई महत्वपूर्ण रुपमा हेर्नुपर्दछ । २००९ सालमा सल्लाहकार परिषद् गठन हुँँदा महिला सहभागि शुन्य जस्तै थियो त्यतिबला नि आन्दोलन गरेपछि चार जना महिलाहरुलाई सहभागि गराइको हो । त्यपछि ०४६ सालमा पनि हामीले केही उपलब्धी प्राप्त गर्यौं । हामीले संविधानमा जतिपनि अधिकारहरु पाएका छौं । लिड रोल भित्र बस्नेले मात्र होइन हामी सबैको साझा आन्दोलनको उपलब्धी हो । यसको स्वामित्व पनि हामी सबैले लिन पाउनुपर्छ । पाइरहेका छौं । आजको दिनमा महिलामाथि सक्छन र भन्ने प्रश्न उठाइन्छ । त्यसकारण हामी सबैले महिलाको क्षमता विकास गर्नुप¥यो ।’

उहाँले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरुले राज्यका हरेक निकायमा सहभागिका लागि अभ्यास गर्नुपर्ने बताउनु भयो ।




भर्खरै