२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली तत्काल नकाट्ने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले १५ दिन भित्र उद्योगले विद्युत बक्यौता नतिरे पनि लाइन नकाट्ने निर्णय भएको नेपाल विद्युत प्रधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने प्राधिकरणलाई निर्देशन दिएकोे थियो । नियमन आयोगको निर्देशन अनुसार नै सञ्चालक समितिले उद्योगको लाइन तत्काल नकाट्ने निर्णय गरेको हो ।

यसअघि लाल आयोगको प्रतिवेदन सावर्जनिक गर्दै सरकारले टाइम अफ डे (टीओडी) मिटिर अनुसार १५ दिन भित्र टंक र डेलिकेडेट लाइन प्रयोग गरेको उद्योगबाट बक्यौता उठाउने भनेको थियो । प्राधिरणले भने बक्यौता नतिरे उद्योगको लाइन काट्ने बताउदै आएको थियो ।