५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्नले पिएसजीलाई हरायो, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ३८ औं मिनेटमा किम मिन जाईले गरे । यता, ५६ औं मिनेटमा ओस्माने डेम्बेलेले रातो कार्ड खाएपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो ।

अंकतालिकाको ११ औं स्थानमा रहेको बायर्नको ५ खेलबाट ९ अंक छ भने पिएसजीले ५ खेलबाट ४ अंकमात्रै जोड्दै तालिकाको २६ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र डच क्लब फेयनुर्डले ३–३ गोलको बराबरी खेलेका छन् । घरेलु टोलि सिटीले ३ गोलको अग्रता समेत जोगाउन सकेन ।

खेलको ४४ औं (पेनाल्टी) र ५३ औं मिनेटमा एर्लिङ हालाण्डले तथा ५० औं मिनेटमा इल्काए गुन्डोवानले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा अनिस मोउसा, ८२ औं मिनेटमा सान्टियागो गिमेनेज र ८९ औं मिनेटमा डेभिड हान्कोले गोल गर्दै फेयनुर्डलाई हारबाट जोगाए ।

सिटी ५ खेलबाट ८ अंकसहित तालिकाको १५ औं स्थानमा छ भने फेयनुर्ड ७ अंकसहित २० औं स्थानमा छ ।

 




भर्खरै