काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट आज काठमाडौँ नल्याइने भएको छ ।
सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन लामिछानेलाई आज बेलुकी ५ बजे जहाजबाट काठमाडौँ ल्याउने तयारी थियो । तर, कारणबस टिकटलाई बुधबार साँझलाई सारिएको स्रोतले बतायो ।
पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
बयान सकिएपछि उनलाई पुनस् कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।