२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्व बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताउनु भयो ।

मन्त्री पौडेलले नेपालमा स्वास्थ्य अनुसन्धानको भविष्य आजको कामले निर्धारण गर्ने बताउनु भयो । नैतिक, जिम्मेवार र समावेशी अुनसन्धान वातावरण सिर्जना गरी एक भएर काम गर्न आह्वान गर्नुभयो । विश्वव्यापी स्वास्थ्यको सुधारका लागि एक भएर काम गर्न आह्वान गर्नुभयो ।