४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैं भत्ता सरकारलाई नै फिर्ता गर्न कांग्रेस सांसदहरुलाई पार्टीको निर्देशन



अ+ अ-

काठमाडौं । दशैं भत्ता फिर्ता गर्न नेपाली काँग्रसका सांसदहरुलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न सभापति देउवाले निर्देशन दिएका हुन् ।

पछिल्लो समय नेपाली काँग्रेसले सरकारलाई पीसीआर परीक्षण सरकार आफैंले नै गर्न दबाब पनि दिँदैै आएको छ । जनताको जिउ धनको सुरक्षा गर्ने दायित्व सरकारको हो र यो दायित्वबाट सरकार पन्छिन नमिल्ने भन्दै कांग्रेसले सरकारमाथी दबाब दिँदै आएको हो ।

यता कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले पनि यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर आफुहरुलाई पार्टीको निर्देशन आएको र त्यहीअनुसार जाने पनि बताए । फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह रहेको पनि नेता खाँणले बताए ।