२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा



photo: can
अ+ अ-

काठमाडौँ । एसिसी यू– १९ एसिया कप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १४ देखि युएईमा हुने खेलका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान हेमन्त धामीसहित उपकप्तान अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।

एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् ।

नेपालले पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यतालिका छ । नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र साउद रहेका छन् ।