५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासशील राष्ट्रलाई विकसित राष्ट्रले वार्षिक ३०० बिलियन सहयोग गर्ने



अ+ अ-

काठमाडौं । विश्व जलवायु सम्मेलन कोप–२९ मा विकसित राष्ट्रले विकासशील राष्ट्रलाई वार्षिक ३०० बिलियन सहयोग रकम दिने सहमति भएको छ ।

अजरबैजानको बाकुमा भएको सम्मेलनमा धनी राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न गरिब देशहरूलाई सहयोग गर्न उक्त कोष स्थापना गर्ने सहमति गरेका हुन् ।

यो सहमतिले गरिब देशहरूलाई जलवायु परिवर्तनको प्रभावहरूसँग जुध्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।

पर्याप्त गृहकार्य र कोषको उचित परिचालन भए नेपालजस्ता विकशील र जलवायु परिवर्तनबाट तीव्र असर भोगिरहेका मुलुकले यो कोषबाट लाभ लिन सक्नेछन् ।

यसअघि विकसित देशहरूले २०२० सम्ममा वार्षिक एक अर्ब डलर जलवायु कोष उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यद्यपि उक्त कोषको रकम उचित परिचालन नभएको भन्दै आलोचना पनि हुँदै आएको छ ।

यसका साथै बाकु सम्मेलनमा कार्बन क्रेडिट खरिद–बिक्री गर्ने विश्वव्यापी बजारका नियमहरूमा पनि सहमति भएको छ । यसले वन पुनस्र्थापनादेखि सफा ऊर्जा प्रविधि प्रयोगसम्मका जलवायु परिवर्तनसँग जुध्ने नयाँ परियोजनाहरूमा थप अर्बौं डलर लगानी जुटाउन सक्ने अपेक्षा गरिएको छ ।

यो सहमतिअनुसार विश्वव्यापी तापमान वृद्धिलाई कम गर्न मद्दत गर्न नयाँ परियोजनाहरूमा अर्बौं डलर परिचालन गर्ने बताइएको छ ।

कार्बन क्रेडिट खरिद–बिक्रीको दशकौं लामो चर्चा र वार्तापछि बाकु सम्मेलनमा भएको यो सहमतिले अर्थपूर्ण सफलता हासिल गरेको सरोकारवालाले बताएका छन् । यो प्रतिबद्धताले जलवायु परिवर्तनलाई बढावा दिने हरितगृह ग्याँस उत्सर्जनमा कमी ल्याउन भूमिका खेल्ने उनीहरुको भनाइ छ ।

नेपालले हाल कार्बन ग्याँस केबल ०.०२७ प्रतिशत मात्र उत्सर्जन गरिरहेको छ । विश्वव्यापी रुपमा हेर्न यो निकै कम योगदान हो । तर, जलवायु परिवर्तनले पार्ने जोखिम मापन गर्ने जर्मन वाचको ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सले सन् २०२१ मा गएको एक अध्ययनले भने नेपाललाई जलवायु जोखिमको सूचकांकमा विश्वका १०औं नम्बरको जोखिमयुक्त राष्ट्रका रुपमा उल्लेख गरेको छ ।