२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैनः मुख्यमन्त्री पाण्डे



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुव्र्यवहार सैह्य नहुने चेतावनी दिनुभएको छ ।

द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरुमाथि दुव्र्यवहारका घटना भएको दृष्टान्त पेश गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिनुभयो । उहाँले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गर्नुभयो ।

चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘कहिलेकहीँ स्वास्थ्य क्षेत्रमा पनि अभद्र व्यवहारहरु भइराखेका छन् । गत वर्ष पनि हाम्रो मणिपाल कलेजमा डाक्टरहरुमाथि गरिएको जुन दुव्र्यवहार थियो । त्यसलाई हामीले निक्र्यौलमा पु¥याउन सक्यौ । त्यो खुशीको कुरा पनि हो । मेडिकल एशोसिएशनले त्यसमा विशेष पहल पनि गरेको थियो । चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन् ।

भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरुले मर्नुपर्ने थिएन होला नि । यस्ता किसिमका अभद्र व्यवहारहरु जुन भइरहेका छन् । त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन । र सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु । र यहाँहरुको त्यो समस्याका लागि गण्डकी प्रदेश सरकार यहाँहरुको साथमा रहनेछ भन्नेकुरा म यहाँहरुको बीचमा विश्वास व्यक्त गर्न चाहन्छु ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पु¥याउनका लागि सक्दो पहल गरिरहेको पनि बताउनु भयो ।