८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ समुदायलाई दशैँ मनाउनकै चिन्ता



अ+ अ-

लमजुङ । लोपोन्मुख चेपाङ समुदाय बडादशैँ मनाउने चिन्तामा छ । बेँसीशहर नगरपालिका–११ चिती बरबोटको चेपाङ समुदायलाई दशैँ भित्रिसके पनि आम्दानीको कुनै स्रोत नभएकाले अर्थाभावमा दशैँका बेला खाने चामल समेत छैन ।

दश घर रहेको बरबोटका चेपाङलाई विगतमा वर्षेनी  सहयोग आउने गरेको र त्यसकै भरमा  दशैँ मनाउँदै आए पनि यस वर्ष दशैँको चौथौ दिनसम्म पनि कहीँकतैबाट केही सहयोग नआउँदा  चेपाङ समुदायलाई सताउन थालेको नेपाल चेपाङ सङ्घ लमजुङ शाखाका पूर्वअध्यक्ष अमृता चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा जस्तो दशैँ यस वर्ष कोभिड १९ का कारण नमनाए पनि खानाका लागि यहाँका अधिकांश चेपाङलाई दशैँमा चामलसमेत किन्ने पैसा छैन ।

दशैँमा मीठोमसिनो खाएर हर्षउमङ्खका साथ मनाउनका लागि आर्थिक अभावका कारण अरुको भर पर्नुपर्दा र सहयोग अहिलेसम्म नआउँदा बालबच्चालाई नयाँ कपडा लाउन र  एक छाक खानलाई समस्या भएको  ५७ वर्षीय पूर्णबहादुर चेपाङले भन्नुभयो । 

तिनलाई गरी खानलाई खुर्सानी लगाउनेसमेत आफ्नो जमीन छैन । गाउँमा रहेका अन्य समुदायको जमीनमा अधियाँ गरेर खेती गर्नुपर्छ ।  वर्षभरि गरिएको खेतीबाट उब्जेको अन्नबाली आधीआधी गर्दा दुई महिनाबाहेक खान नपुग्ने उहाँको भनाइ छ । सत्चालीस वर्षीय तिलकबहादुर चेपाङले भन्नुभयो, गरीबलाई के दशैँ के चाडपर्व, सधँै एकनाश भएको छ । जब÷जब चाडपर्वको बेला आउँछ अरुले नयाँ नयाँ लगाएको देख्दा हाम्रा छोराछोरीले हामीलाई पनि त्यस्तै कपडा ल्याइदिनुस् न बुबा भन्ने गर्छन् ।  त्यति बेला मलाई निकै नरमाइलो लाग्छ, अनि मन साह्रै रुन्छ । 

बरबोटका चेपाङ समुदायका १० घर र दोर्दी गाउँपालिका ९ भीरकुनामा चार घर गरी जिल्लामा १४ घरधुरी चेपाय छन्  ।  चेपाङ समुदायले अन्य समुदायको खेतीपाती गर्दै जीविका चलाउँदै आएको छ  ।