२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट हुने संकटलाई कम गर्न सरकार प्रतिवद्ध छः वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उहाँले सो असरलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको बताउनुभएको हो ।

विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताउनु भयो । जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उहाँले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पार्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न सरकार कटिवद्ध र प्रतिवद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु । जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरुको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभुति गर्न सरकारले प्रभावकारी नीतिहरु र कार्यक्रमहरुको कार्यान्वयनलाई प्राथमिकता दिईआएको छ । र, दिनेनै छ । जलवायु संकट केबल विश्वव्यापी आपतकाल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको संकट पनि हो । यसले शिक्षा, स्वाथ्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ ।’

‘नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमहरुको सामना गरिरहेको अवस्थामा पनि बालबालिका र युवाहरु यस संकटबाट बढी प्रभावित भएका छन । युनिसेफले भर्खरै प्रकाशित गरेको जुन पुस्तक छ, त्यो प्रतिवेदनले बालबालिका र युवाहरुले जलवायु सम्बन्धि क्रियाकलापहरुबारे लिएका बाचाहरुलाई समेटेको छ । र प्रतिवेदनमा समेटिएका तपाईहरुका आवाज हाम्रै भविष्यका लागि आशाका दीप हुन् । यस प्रतिवेदनले तपाईहरुको प्रतिवद्धतालाई पनि उजागर गरेको छ । म आफ्नो परिवार र समुदायमा जलवायु परिवर्तनका जनचेतना फैल्याउने, कार्वन फुटप्रिन्ट घटाउने स्रोतहरुको संरक्षण गर्ने र जलवायु अभियानको पैरवी पनि गरिरहेको छु । र गर्ने नै छु ।’

त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्नका लागि घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताउनु भयो ।