२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक, स्टार स्पोर्ट्समा लाइभ आउने



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपिएल)को टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल क्रीकेट संघ (क्यान) र सिद्धार्थ बैंकबीच सम्झौता गरिएको हो ।

जसअनुसार अब ‘सिद्धार्थ बैंक नेपाल प्रीमियर लिग’ हुनेछ । क्यान र सिद्धार्थ बैंकबीच ५ बर्षको सम्झौता गरिएको छ ।

यस्तै प्रतियोगिताको स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग  एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । एनपीएलमा कर्णाली याक, विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।