४ आश्विन २०८१, शुक्रबार
,
Latest
नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल १ लाख ८० हजार ४३० सहित ६ पक्राउ शिक्षाको हब बन्दै पोखरा प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान सहकारी समितिमा रवि लामिछानेले दिएको बयानमा के छ ? (पूर्णपाठ) सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजिनामा राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस ७६ वर्षको उमेरमा महेश भट्टले सुरु गरे पोडकास्ट एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेललाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, गंगालाल हृदयरोग केन्द्रमा भर्ना



अ+ अ-

काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि  मुख्यमन्त्री पौडेललाई उपचारका लागि शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनलाई अहिले काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ । पौडेलको अवस्था सामान्य छ । 

होम आइसोलेसनमै बसेका मुख्यमन्त्री पौडेलको हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको दाहालले बताए ।