२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमण शुरु



अ+ अ-

एजेन्सी । इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन् ।

एजेन्सीले बेरुत र माउण्ट लेबनानभरि क्षेप्यास्त्रको हिंस्रक आवाज सुनिएको हारेत हरिक, घोबेरी, लैलाकी र वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले हरेट हईक, बिर अल–अबेद, स्फेयर, म्रेइजेह र लैलाकीका बस्तीहरूलाई खाली गर्ने चेतावनी दिएका छन् । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ ।

इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयकाअनुसार गत वर्षको अक्टोबरमा द्वन्द्व शुरु भएदेखि इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४३ पुगेको छ भने घाइतेको संख्या १४ हजार १३४ पुगेको छ ।