१० मंसिर २०८१, सोमबार
,
Latest
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम जसपा नेपालले आइटी सेल गठन गर्ने बीआरआई अन्तर्गत ऋण लिनै नहुने काँग्रेसको अडान आपत्तिजनक छः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरमा टीका : कसैले लगाएनन्, कसैले सङ्क्रमणमुक्त हुनेबित्तिकै



अ+ अ-

झापा । दशैँमा टीका लगाउने रहर सबैलाई हुन्छ । तर यसपटक कोभिड–१९ को कहरले गर्दा टीका लगाउने कार्य सावधानीपूर्वक गरिएको पाइएको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले आफ्नो परिवारमा यसपाली कोरोना महामारीकै कारण टीका नलगाइएको बताउनुभयो ।  उपप्रमुख उप्रेतीका पति कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा हुनुहुन्छ । उहाँकी ९० वर्षकी आमा घरमा हुनुहुन्छ ।

पारिवारिक सल्लाह गरेर टीका नलगाइएको जानकारी दिदै उहाँले भन्नुभयो, “कोरोना गएपछि अर्को साल लगाउँला भन्ने सोचियो ।” उहाँको काँकरभिट्टा, विर्तामोड र काठमाडौंमा रहेका दाजुभाई खलक सबैले पारिवारिक निर्णय बमोजिम यसपाली टीका लगाएनन् ।

भद्रपुर नगरपालिका वडा नं. १० निवासी असारु राजबंशीले आजै बिहान पिसिआर रिपोर्ट नेगेटिभ आएकाले परिवारका साथ सावधानीपूर्वक टीका लगाउनुभयो । राजबंशी १२ दिन अघिदेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्दै आउनु भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड १९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी लेखनाथ खतिवडालाई भेटेर स्वास्थ्यलाभको पहिलो शुभकामना दिनुभयो । 

कोरोनाविरुद्धको लडाईमा अग्रपङतिमा रहेर खटिरहेकामध्ये स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय रहेको भन्दै प्रवक्ता शर्मा विजया दशमीको पहिलो शुभकामना दिन मेचीनगर नगरपालिका वडा नं. ९ स्थित खतिवडाको निवासमै पुग्नु भएको थियो ।

खतिवडा काँकडभिट्टा स्वास्थ्य चौकीको प्रमुख हुनुहुन्छ । उहाँ एक साता अघि कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा हुनुहुन्छ ।