८ पुष २०८२, मंगलवार
,
Latest
आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह भ्रममा परेर तरंगित नहुन ईश्वरको ओलीलाई सुझाव जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव बार र बेञ्च मिलेर न्याय सम्पादनमा अथक प्रयास गर्दा न्यायलयप्रति जनआस्था कायम हुन्छ- प्रधानन्यायाधीश राउत रवि र बालेन भेट: ५ घण्टा के भयो कुरा ? यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य सालपा विकास बैंकले ‘आइपिओ’ जारी गर्दै संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः अध्यक्ष यादव कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदी स्थानान्तरण चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक घर एक पिसिआर परीक्षण सुरु



अ+ अ-

पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो ।

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभयो । उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे  समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभयो । 
आज बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । 

हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।  यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।