२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्णाली याक्स’ को झण्डा केदारनाथ र टाइम्स स्क्वायरमा फहराइयो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)खेल्न लागेको सन्देशस्वरुप कर्णाली याक्सको झन्डा प्रसिद्ध धार्मिक स्थल र टाइम्स स्क्यायरमा फहराइएको छ ।

भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र अमेरिकाको टाइम्स स्क्यायरमा ‘कर्णाली याक्स’ को सफलताको कामना गर्दै समर्थकले झण्डा फहराएका छन् ।

हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सलाई समर्थन गर्दै चितवनका सागर भट्टराईले भारत, उत्तराखण्डस्थित केदारनाथ पुगेर टोलीको झन्डा फहराए । उनले नेपाल प्रिमियर लिगका लागि सफलताको शुभकामना दिएका छन् । उनले भनेका छन्, ‘कर्णाली याक्सले एनपिएल खेल्दैछ । उपाधि जितको लागि शुभकामना दिन चाहन्छु ।’

सागरजस्तै अमेरिकामा दिनेश शेर्पालीले साथीसँग मिलेर न्युयोर्कस्थित टाइम्स स्क्वायरमा कर्णालीको झण्डा फहराए । उनी पनि एनपिएलका लागि कर्णालीको समर्थनमा जुटेका छन् । कर्णालीको उच्च प्रदर्शनका लागि उत्साही भएर बसेका छन् ।

एनपिएलको माहोल बढ्दै जाँदा समर्थकले कर्णाली याक्सप्रति देखाएको सद्भावदेखि सह–मालिक गृहेन्द्र घिमिरे कृतज्ञ छन् । ‘कर्णाली याक्सप्रति समर्थकले जुन प्रकारको माया देखाउनु भएको छ, यसले हाम्रो टिमलाई थप हौसला बढाएको छ । यो कार्यले एनपिएलको माहोल बढाएको जस्तो लाग्छ । यस्ता कार्यले क्रिकेटमा लगानी गर्न आउने नीति क्षेत्रलाई पनि प्रोत्साहन हुनेछ ।’

हिमालयन विल्डर्स एन्ड इन्जियर्सले मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व खेलाडी ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरिसकेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।

कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएपल खेल्ने पक्का भइसकेको छ । यस्तै, नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले कर्णाली याक्सको माहोल कर्णालीमा मात्रै नभएर काठमाडौंमा पनि बढ्दै गएको बताएका थिए । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ ।

टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।