२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको दोस्रो संस्करण फ्लडलाइटमा गर्न क्यान इच्छुक



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएको छ ।

प्रतियोगिताबारे सोमबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गदैक्यानका सचिव पारस खड्काले यस्तो बताएका हुन् ।

एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको गरेर सबैको ध्यान तान्ने बताउँदै यसले सरकारको पनि ध्यानाकर्षण हुने र लगानी बढ्नसक्ने जानकारी दिए ।

उनले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान गर्न सकिन्छ ।’

खड्काका अनुसार फ्लड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको क्यानको आंकलन छ । क्यानको आयोजनामा पहिलो संकरणको एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुँदैछ ।

सरकारले त्रिवि मैदानमा फ्लडलाइट जडान गर्ने निर्णय गरिसकेको छ ।