११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोङ्गामुनिको केबल मर्मत गर्न ‘कम्तिमा’ चार हप्ता लाग्छ– न्यूजिल्याण्ड



अ+ अ-

टोङ्गामा ज्वालामुखी विष्फोटमा ध्वस्त भएको मुख्य समुद्रमुनि केबल मर्मत गर्न कम्तिमा चार हप्ता लाग्न सक्ने न्यूजील्याण्डको विदेश मन्त्रालयले बताएको छ ।

शनिबार ज्वालामुखी विष्फोटको क्रममा ती केबल काटिँदा सञ्चारलाई अपाङ्ग बनाउँदै प्रशान्त टापु टोङ्गालाई बाहिरी संसारबाट विमुख बनाएको छ ।

ज्वालामुखी विष्फोटबाट घरहरू ध्वस्त भएका छन् र एक बेलायती नागरिकसहित कम्तिमा तीन जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरुले यस क्षेत्रमा अत्यावश्यक आपूर्तिहरू प्राप्त गर्न चौबीसै घण्टा काम गरिरहेका छन्।

“युएस केबल कम्पनी सबकमले टोंगाको केबल जडान मर्मत गर्न कम्तिमा चार हप्ता लाग्ने बताएको छ”, न्यूजिल्याण्डको विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शनिबारको विनाशकारी विष्फोटले दुई ठाउँमा देशको एक मात्र समुद्री केबल विच्छेद गरेपछि टोङ्गा बाह्य सम्पर्क स्थापना गर्न असमर्थ भएको छ।

त्यसपछि राजधानी नुकुआलोफामा मुख्यतया विदेशी दूतावासहरूले राखेका केही स्याटेलाइट फोनहरू मार्फत सक्षम पारिएको छ । विदेशमा रहेका धेरै टोङ्गवासीहरू आफ्ना प्रियजनहरूबाट समाचार सुन्न पर्खिरहेका छन्।

दूरसञ्चार कम्पनी डिजिसेलले आज भ्वाइस र एसएमएसलाई प्राथमिकता दिने अन्तरिम टुजी जडान गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ । यद्यपि जडान ‘सीमित र कमजोर’ हुने अपेक्षा गरिएको छ । यसले अपेक्षित क्षमताको करिब १० प्रतिशत कभर गर्नेछ । 

टोङ्गाको समुद्रमुनि रहेको केबल बिग्रिएको यो पहिलो पटक भने होइन। खराब मौसमले केबलमा अप्रत्याशित क्षति पुर्यायो जसबाट टापु राष्ट्रका एक लाख बासिन्दाका लागि मोबाइल र इन्टरनेट सेवाहरूको सेवा करिब बन्द भयो । 

टोङ्गन सरकारले ‘अभूतपूर्व प्रकोप’ भनी वर्णन गरेको विष्फोटले टोङ्गाको फराकिलो भागलाई बाक्लो खरानीले ढाकेको थियो भने राहत विमानहरूलाई अवतरण गर्न र धेरै आवश्यक खाना र पिउने पानी पुर्‍याउन बाधा पुर्‍याएको थियो।

न्युजिल्यान्डका अधिकारीहरूले टोङ्गाको मुख्य विमानस्थलको धावनमार्ग आज सफा हुने अपेक्षा गरिएको बताएका छन्।