२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालका अध्यक्ष थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ विमोचन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले लेख्नुभएको ‘बहिनीलाई चिठी’ नामक पुस्तक आज विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित उक्त पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियतालगायत छ वटा खण्डहरू छन् । कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघातलगायत विषयमा कविता रचना गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको उक्त पुस्तक प्रेरणादायी रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यको विकासमा यस कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुची भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न सो कृति रचना गरेको जानकारी दिनुभयो ।

साहित्यकार डा बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वछन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताउनुभयो ।

पूर्व रथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गर्नुभयो । लेखक थापाका यस अघि नाकाबन्दी र भूराजनीति, बुबा र द्वन्द्व व्यवस्थापनका चुनौति नामक कृति प्रकाशित छन् ।