२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने



अ+ अ-

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताउनुभयो । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा काम गर्नुभएको कामको सधैँ चर्चा हुने उहाँले उल्लेख गर्नुभयो ।

स्व गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खॉचो रहेको बताउनुभयो । मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।