१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्जिद पुर्ननिर्माणमा अवरोध गरेपछि मुस्लिम समुदाय आक्रोशित



अ+ अ-

काठमाडौं । गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् ।

शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । पुर्ननिर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुग्नुभएको थियो । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाउनुभयो । भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उहाँले बताउनुभयो । कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाई छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवराधे गरिरहेको आरोप लगाउनुभयो । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उहाँले बताउनुभयो ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।




भर्खरै