२२ कार्तिक २०८१, बिहीबार
,
Latest
राष्ट्रपति पौडेलबाट छठी माताको पूजा आराधना अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो– कप्तान रोहित उपनिर्वाचन रास्वपाको तयारी: उम्मेदवारी आह्वान, ७ प्रदेशमा तोकिए कमाण्डर टी-२० विश्वकप छनोटः कुवेतमाथि नेपालको शानदार जित गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश,  ‘लाहुर’ जान हिडेका कलाकार बने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१९ महिला टि–२० विश्वकपः कुवेतविरुद्व नेपालले तीन विकेट गुमाएर ९२ रन बनायो



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व ब्याटिङ गरिरहेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १४ ओभरमा तीन विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ ।

नेपालको लागि पुजा महतले २९ र मरासिनीले १८ रन बनाएर क्रिजमा छन् ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । बुधबारको खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।